लायन्स क्लब अफ सुर्खेत बुलबुले र नेपाल स्वयंसेवी रक्तदाता समाज पञ्चपुरीको आयोजनामा तेस्रो वृहत रक्तदान कार्यक्रम आज बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोट, नेपाल रेडक्रस सोसाइटी उपशाखा विद्यापुर, विद्यापुर बजार व्यवस्थापन समिति विद्यापुर, स्वतन्त्र विद्यार्थी युनियन विद्यापुर जनता बहुमुखी क्याम्पसको कार्यक्रममा समन्वय रहेको थियो । त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र साल्कोट, सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटे, युनियन क्लब सालकोट, लायन्स क्लब सुर्खेत गुराँसको सह आयोजनामा कार्यक्रम गरिएको हो। बाबियाचौरमा भएको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत सङ्कलन गरिएको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले रक्तदान जीवनदान भएको हुँदा यसमा सबैले रक्तदान गर्न आवश्यक रहेको बताउनुभएको छ । साथै उहाँले पञ्चपुरी नगरपालिकाले विपन्न नागरिकहरूका लागि रगत अभावले ज्यान जोखिममा नजाओस् भन्नका लागि रगत किन्नको लागि बजेट विनियोजन गरेको समेत बताउनुभएको छ ।
लायन्स क्लब सुर्खेत बुलबुलेका सचिव भद्रबहादुर थापाले सञ्चालन गरेको कार्यक्रम लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष तिलकराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
