चौथो पञ्चपुरी मेयर कप २०८० आजदेखि पञ्चपुरीमा सुरु

317 पटक हेरिएको

पञ्चपुरी नगर खेलकुद विकास समितिको आयोजनामा चौथो पञ्चपुरी मेयर कप २०८० आजदेखि पञ्चपुरीमा सुरु भएको छ ।  प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पनि पञ्चपुरी नगरपालिकाको वडा नम्बर ८ को श्रीचौर खेलकुद मैदानमा सुरु भएको हो ।
प्रतियोगितामा पञ्चपुरी नगरपालिका अन्तर्गतका ११ वटा वडाको सहभागिता रहेको छ । आजदेखि फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजार प्रमाणपत्र प्रदान गरिने भएको छ । दोस्रो हुनेलाई नगद २५ हजार पुरस्कार राशि रहेको छ । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मीले निरन्तर सञ्चालन हुँदै आएको मेयरकपमा आगामी दिनमा विभिन्न अन्य बिधामा पनि खेल आयोजना गरिने बताउनुभएको छ ।
अब देखि फुटबल प्रतियोगिता मात्र नभई महिलाहरूको क्षमता विकाससँग सम्बन्धित खेलहरूको पनि आयोजना गरिने उहाँले बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले प्रत्येक वडामा खेलकुद मैदानको अवधारणा ल्याएको बताउनुभएको छ । साथै उहाँले खेलकुद विकासका लागि नगरपालिकाले निरन्तर काम गर्दै आएको र आगामी दिनहरुमा पनि मेयर कपलाई विशेष प्राथमिकता दिएर खेल क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको छ ।
आज भएको पञ्चपुरी नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ८ बीचको उद्घाटन खेलमा वडा नं ८ ले वडा नम्बर ३ लाई १ का विरुद्ध ३ गोल गर्दै जित निकालेको छ । त्यसैगरी दोस्रो खेल पञ्चपुरी वडा नम्बर २ र वडा नम्बर ४ बीचको खेलमा १ का विरुद्ध ३ गोल गर्दै पञ्चपुरी वडा नम्बर २ ले जित हासिल गरेको छ । उद्घाटन कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...