पञ्चपुरी नगरपालिका वडा नम्बर २ मा सार्वजनिक सुनवाई सम्पन्न,

सुर्खेत ।
पञ्चपुरी नगरपालिकाको आयोजनामा पञ्चपुरी नगरपालिकाको वडा नम्बर २ मा सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ। नगरपालिकाभित्र रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि समाजसेवी नागरिक समाज लगायतको कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरूले विभिन्न विकास निर्माण, विद्युत खानेपानी लगायत सरसफाईको बारेमा जनप्रतिनिधिहरूसँग प्रश्न राखेका थिए। साथै उनीहरूले नगरपालिकामा योजनाको भुक्तानी लिन जाँदा ढिला हुने गरेको हुँदा यसको लागि छिटो कार्यान्वयन गर्नको लागि पहल समेत गरेका छन्। साथै उनीहरूले महिला लक्षित कार्यक्रमहरूलाई अझै प्रभावकारी बनाउन र सबै महिलाहरूलाई व्यवसायमा आबद्ध गराउन समेत माग गरेका छन्। कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले नगरपालिकाले पछिल्लो चरणमा राम्रो काम गर्दै आएको र आगामी दिनमा यसलाई थप सुधार गर्दै अगाडि जाने बताउनु भएको छ । साथै उहाँले नगरपालिकामा हुने गरेको योजनाकाे भुक्तानी प्रक्रियालाई छिटो छरितो बनाउनका लागि पहल गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा सहभागीका प्रश्नको जवाफ दिँदै पञ्चपुरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष यामबहादुर बिसीले नगरपालिका र वडाको समन्वयमा वडा स्तरमा विभिन्न कामहरू गरेको त्यस्तै विभिन्न निकायसँग समन्वय र पहल गरेर वडामा विद्युतीकरणका लागि काम गरेको बताउनुभएको छ । कार्यक्रममा सहभागीको जवाफ दिँदै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले नगरपालिकाभित्र भएका महिलाहरूका समस्या समाधानका लागि न्यायिक समितिले विशेष पहल गरिरहेको र आगामी दिनमा पनि न्यायिक समितिमा आफ्ना समस्याहरु राख्नको लागि अनुरोध गर्नुभएको छ। साथै उहाँले यस अघि पनि महिला लक्षित कार्यक्रमका लागि बजेट विनियोजन र कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि सबैलाई समेटेर लैजाने प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले नगरको विकासको लागि सबैको साथ सहयोग आवश्यक रहने बताउनुभएको छ । साथै उहाँले सहभागीहरूको जवाफ दिँदै नगरपालिकालाई डिजिटल नगरपालिकाको रुपमा अगाडि बढाएको र एकीकृत सेवा प्रभाव छिटै सुरुवात गरिने समेत बताउनुभएको छ । कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नम्बर २ स्थित राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...