निसासिएर दैलेखमा आमा र छाेराका मृत्यु

ठाँटीकाँधमा धुवाले निसासिएर आमा छोराको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादीको मृत्यु भएको प्रहरीले जनाएको हाे । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहका अनुसार बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् ।

धुवाले निसासिएर मृत्यु भएको हाम्रो अनुमान छ’ डीएसपी शाहले भने । ४० वर्षीया हरिकलाको शरीरको पछाडिको भाग जलेको र १८ वर्षीय रमेशको हात जलेको प्रहरीले जनाएको छ । भान्छा कोठामा चुल्होको करिब डेढ फिट नजिक सुतेका उनीहरू ओछ्याएको गुन्द्री र सिरक चुल्होतिर पुगेर आगो सल्केको र उनीहरूको शरीरको केही भाग पोलिएको डीएसपी शाहले बताए ।  मृतकलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...