स्थानीय स्तरमा वातावरण अधिकार सम्बन्धी कार्यशाला गोष्ठी बाबियाचौरमा सम्पन्न

43 पटक हेरिएको

२१ फागुन सुर्खेत ।
स्थानीय स्तरमा वातावरण अधिकार सम्बन्धी कार्यशाला गोष्ठी आज बाबियाचौरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्रसेवा केन्द्र इन्सेक सुर्खेतको आयोजना पञ्चपुरी मानवअधिकार समूह र डिभिजन वन कार्यालय भेरी बाबियाचौरको समन्वयमा कार्यशाला गरिएको हो ।
कार्यशालामा स्थानीय स्तरमा वातावरणको संरक्षण वातावरण सम्बन्धी मानवअधिकार लगायत वन संरक्षणमा स्थानीय तह र स्थानीय व्यक्तिहरूको अधिकार कर्तव्यको बारेमा जानकारी दिएको छ । डिभिजन वन कार्यालय भेरी बावियाचौरका वन अधिकृत शेरबहादुर रोकायाले कार्यशालाको सहजीकरण गर्नुभएको छ । साथै उहाँले वातावरण संरक्षण गर्नको लागि वन जोगाउन आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रमका सहभागीहरूले वनजङ्गलमा हुने जथाभावी आगलागिले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा यसको रोकथामका लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्ने बताएका छन् । कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले सामुदायिक वनलाई सक्रिय बनाई वन संरक्षण गर्नको लागि अग्रसर बनाउने बताउनुभएको छ । साथै उहाँले सामुदायिक वनका पदाधिकारीहरूसँग छलफल गरी वन फडानीले आउने विपद लगायत जथाभावी विकास निर्माणले गर्दा पानीका मुहानहरु सुक्ने समस्यालाई रोकथाम गर्न पहल गर्ने बताउनुभएको छ । कार्यक्रम मानवअधिकार समूह कर्णाली प्रदेशका संयोजक इन्द्रा विसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search