सुनको भाउ फेरि ९ सय रुपैयाँले घट्यो

सुनको भाउ आज फेरि घटेको छ ।

हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ फेरि ९ सय रुपैयाँले घटेको हो ।

आज सुनकाे भाउ घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...