चाैकुने ९ काे घाटगाउमा हिजाे देखि धार्मिक तथा पर्यटन महामहाेत्सव सुरु,

116 पटक हेरिएको

सुर्खेत ।

चाैकुने गाउपालिकाकाे वडा नं ९ घाटगाउमा हिजाेदेखि द्धिपेश्वर धार्मिक तथा पर्यटन महामहाेत्सव सञ्चालनमा आएकाे छ । भेरी कर्णालीकाे संगम स्थलकाे शिवालय परिसरमा भएको महामहाेत्सव फागुन २५ गते सम्म संचालन हुने आयाेजकले जनाएको छ । कलस यात्रा सहित सञ्चालन भएको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको हाे । कार्यक्रमकाे उदेश्य बारे जानकारी दिदै मुल आयाेजक समितिका अध्यक्ष रमेश खनालले दाेभान क्षेत्रलाई पर्यटकिय क्षेत्रकाे रुपमा बिकास गर्न सबैकाे साथ आवश्यक रहेकाे बताउनुभयो । कार्यक्रम उद्घाटन समारोहमा कर्णाली प्रदेशका सांसद बिन्दमान बिष्टले समुदायकाे बिकासका लागि सबै राजनीतिदल एकठाउमा उभिन आवश्यक रहेकाे बताउनुभयो । फरक बिचार समूह भए पनि बिकासका नाममा राजनीति गर्न नहुने बिष्टले बताउनुभयाे । त्यसैगरी कार्यक्रमका बिशेष अतिथि संघिय सांसद हृदयराम थानीले दाेभान क्षेत्रमा १ खम्बाकाे पुल बनाउन आफु निरन्तर लागि रहेकाे र पुल बनाउन निकै चुनाैतिपुर्ण रहेकाे बताउनुभयो । साथै थानीले पर्यटकिय क्षेत्रकाे बिकासका लागि आफुले आवश्यक सहयाेग गर्ने समेत प्रतिबद्धता जनाउनुभएकाे छ । कार्यक्रममा अन्तर्राष्ट्रिय कथा बाचक राधिका दासी ज्युवाट श्रीमद्भागवत कथा प्रवचन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...