बिद्यापुर जनता बहुमुखी क्याम्पसमा स्वबियु सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता,

571 पटक हेरिएको

मध्यपश्चिम बिश्वबिद्यालय अन्तरगत जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९ बिद्यापुर सुर्खेतमा स्वबियु चुनावमा सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । आज भएको उम्मेदवारको मनोनयन दर्तामा समाजवादीको तर्फबाट अनेरास्ववियुका तपेन्द्र बिसी, नेपाली काङ्ग्रेसको तर्फबाटवाट नेविसंघका चेतन नेपाली र नेकपा एमालेको तर्फबाट अनेरास्ववियुका केशव सावदको सभापतिमा उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी सचिबमा नेकपा माओवादीको तर्फबाट अखिल क्रान्तिकारीका जनक बिष्ट र अनेरास्ववियुका हार्दिक भण्डारीको उम्मेदवारी रहेको छ । कोषाध्यक्षमा नेविसंघका डोलमा पौडेल, अनेरास्ववियु समाजवादीका गिता बिक, अनेरास्ववियुका तेजमाया जैशी र रेवती बुढा मगरले उम्मेदवारी दर्ता गरेका छन ।
त्यसैगरी सदस्य हरुमा मनिसा थापा, नमिता शाही, सुस्मिता थापाले उम्मेदवारी दिएका छन । ३ सय ९२ जना मतदाता रहेको क्याम्पसमा आगामी चैत ३ गते निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...