नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा कैलालीको अध्यक्षमा जोशी चयन,

41 पटक हेरिएको

१८ फागुन, कैलाली ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ४९ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । मोहन्याल गाउपालिका वाडा न. ७ को श्री त्रिवेणि माध्यामिक बिद्यालय बढिगाउमा भएको कार्यक्रममा सभापती पदमा निर्बिरोध निर्वाचित लोकराज जोशी निर्वाचित हुनुभएको छ । त्यसैगरी उप-सभापति बल बहादुर रावल, महिला उप-सभापति दिपा बडायक मन्त्री राकेश हमाल, कोषाध्यक्ष गोबिन्द प्रसाद जोशी उप-मन्त्री भिम बहादुर महर उप-कोषाध्यक्ष रंग प्रसाद तिमिल्सैना चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा छत्र बहादुर बम, धर्मराज जोशी, दिनेश कुमार लामिछाने, टोप बहादुर केसि, कमल देवकोटा, पुष्कर बहादुर मल्ल, सुरत बहादुर स्वार, धौलीकुमारी जोशी, मिनाकुमारी चौधरी र तारा साउँद रहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search