सुर्खेत ।
नेपाली कांग्रेस पञ्चपुरीको दोस्रो नगर सम्मेलन आज बाबियाचाैरमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस पञ्चपुरीकाे नियमित बार्षिक कार्ययाेजना अनुरुप आज सम्मेलन गरिएको छ । नगर कार्यसमिति सदस्यहरु क्षेत्रीय प्रतिनिधि लगाएत नेता तथा कार्यकर्ताहरुकाे सम्मेलनमा सहभागीता रहेकाे थियोे ।
कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पञ्चपुरी नगरकार्य समितिले देखाएकाे सक्रियता सबैका लागि उदाहरणीय रहेकाे बताउनुभयो । काङ्ग्रेस बलियाे बनाउनकाे लागि पार्टीको सम्पुर्ण भातृ संघ संगठन चलायमान हुन आवश्यक रहेकाे बताउनुभएको छ । सरकारमा सहभागी भएर सहकार्य गरिरहेकाे काङ्ग्रेसले समुदायमा गरेका काम र बिकास निर्माणलाई जनतामाझ जानकारी दिन नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ।
सम्मेलनमा बिभिन्न भातृ संघका प्रतिनिधि लगाएतकाे सहभागीता रहेकाे थियोे । कार्यक्रम नगरसभापती कृपाराम थापाको अध्यक्षतामा सम्पन्न भएको हाे ।