१५ फागुन, सुर्खेत ।
४३ औँ स्थापना तथा मगर एकता दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल मगर संघ पञ्चपुरी नगर कार्यसमितिकाे आयाेजनामा पञ्चपुरी नगरपालिकाको वडा नम्बर २ मा कार्यक्रम गरिएको हो । कार्यक्रममा अधिबक्ता डम्बर बहादुर सिजाली मगर, पुर्व मगर संघ केन्द्रीय सदस्य रेशम राना लगायत विभिन्न पार्टी प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायत पञ्चपुरीमा रहेका मगरहररूकाे सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले मगर पहिचान, भेषभुषा, भाषा संस्कृति लगायत मगर जातिकाे बिकास तथा अधिकार र सबै एकताबद्ध संगठित भएर जानुपर्नेमा जाेड दिएका छन । कार्यक्रममा प्रशिक्षकहरूले मगर ईतिहास, आजकाे भुमिका र आबश्यकता बिषयमा मगरहरूलाई प्रशिक्षण गर्नुभयाे ।कार्यक्रम खिम बहादुर पल्ली मगर अध्यक्षता र शिक्षा क्याम्पस प्रध्यापक हरिबहादुर थापा मगर प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।











