पञ्चपुरी नगरपालिकाको वडा नं २ का ३७ जना महिलाहरुलाइ चेक बितरण गरिएको छ । युएनडिपीको सहयोगमा सञ्चालन भएको सुशासन प्रबर्धनका लागि युवा कार्यक्रम अन्तरगत वडाका अपागंता भएका, एकल र बिपन्न महिला हरुलाइ नगद सहयोगका लागि चेक बितरण गरिएको हो ।
कार्यक्रममा चेक हस्तान्तरण गर्दै वडा नं २ का अध्यक्ष याम बहादुर बिसीले संस्थाले गरेको लगानी अनुसार सहयोग प्राप्त ब्यक्तिहरुले उद्धेश्य अनुसार काम गर्नुपर्ने बताउनुभएकाे छ । समुदायका महिलाहरूका लागि संस्थाले गरेकाे सहयाेग प्रशंसायाेग्य रहेकाे बिसीले बताउनुभएकाे छ ।
पहिलो चरणमा लक्षित बर्गका ब्यक्तिहरुले जिबिकोपार्जनका लागि जनही १३ हजार ५ सयका दरले रकम उनिहरुकाे बैंक खातामा जम्मा गरिएको संस्थाका फिल्ड अफिसर सुशिल घिमिरेले जानकारी दिनुभएको छ । पञ्चपुरी नगरपालिका भित्रका ९ सय ८० जना मध्ये पहिलो चरणमा ५ सय जनालाइ चेक बितरणको कार्यक्रम रहेको घिमिरेले बताउनुभएको छ