पञ्चपुरीमा ‘भकारी’ कार्यक्रम सुरु,

सुन्दर नेपाल संस्था सुर्खेतले पञ्चपुरीका १२ अाेटा समुदायको जीवन स्तरमा सुधार ल्याउनकाे लागि भकारी कार्यक्रम काे सुरुवात गरेकाे छ । ३ बर्ष सम्म सञ्चालन हुने कार्यक्रम मा बिशेष गरि कृषि, बनवातारण, बाल संरक्षण,गरिबी निवारण, वकालत जस्ता कार्यक्रम संचालन हुने संस्थाले जनाएको छ । अाज पञ्चपुरी काे बाबियाचाैरमा भएको परिचयात्मक कार्यक्रममा संस्थाले गर्ने कार्यक्रम काे बारेमा जानकारी दिईएकाे छ । रुपान्तरण, एप्राेस, एनटेग र viamo काे सहयोग रहेका कार्यक्रम बिशेष गरि दलित, बिपन्न, गरिब, महिला, पछाडि पारिएका बर्गकाे लागि काम गरिने भएको छ । कार्यक्रम काे उद्देश्य माथि संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कडेलले प्रकाश पार्नुभएकाे थियोे ।

कार्यक्रमका सहभागीले संस्थाले सबै वडामा कार्यक्रम संचालन गर्न सुझाव दिएका छन । कार्यक्रममा पञ्चपुरी नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले नगरपालिकाले समुदायको बिकास र कार्यक्रममा गर्नुपर्ने साझेदारी सधैं रहने बताउनुभएकाे छ । त्यस्तै नगरपालिका उप प्रमुख मुक्ति पुरीले संस्थाले सबै वडालाई समेटेर कार्यक्रम गरेमा थप प्रभाबकारी हुने बताउनुभएको छ । साथै उहाले समुदायमा देखिने गरि परिवर्तन ल्याउने खालकाे काम गर्न सुझाव दिनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष , सचिब, बिषयगत शाखाका कर्मचारी लगाएको सहभागीता रहेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...