नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तरगत सुर्खेतको पञ्चपुरी नगरपालिकामा अभिमुखीकरण कार्यक्रम गरिएको छ । एमाले पञ्चपुरी नगर कमिटी सुर्खेतको आयोजनामा भएको कार्यक्रममा नगरमा रहेको एमाले पाटिमा आबद्ध सक्रिय सदस्य, संगठनका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा एमाले पार्टी सुदृढिकरण तथा बिस्तार अभियान, दलभित्र भएका आन्तरिक समस्या र समाधानका बिषयमा समेत छलफल गरिएको छ । अभिमुखिकरणमा बोल्दै नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष बिनोद कुमार शाहले पार्टी भित्र भएको गुट उपगुटका कारण काम गर्न समस्या भएको हुदा अब देखि एकजुट भएर लाग्नुपर्ने समेत बताउनुभएको छ ।
शाहले पार्टीका नेता तथा कार्यकतालाई प्रशिक्षणको कमि भएको, युवा पुस्तालाई पार्टीको मुलधारमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकेकै कारण पार्टी कमजोर भएको समेत बताउनुभएको छ । साथै उहाले आगामी दिनमा वडा देखि केन्द्र सम्मका नेता तथा कार्यकर्ता गम्भीर बन्नु पर्ने बताउनु भएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य भिम बहादुर रावतले स्थानीय तहको निर्बाचनमा भएको कुरालाई लिएर धेरै नेता कार्यकर्ता रुष्ट नहुनुपर्ने भन्दै सबै एकजुट भएर मिलेर जानुपर्ने अवस्था आएको बताउनु भएको छ । कार्यक्रम पञ्चुरी नगर कमिटी अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।