नागरिकका गुनासाे सुनुवाइ गर्न पञ्चपुरी ८ मा जनता संग मेयर कार्यक्रम सम्पन्न,

सुर्खेत ।
रेडियो डाडादरा एफएमकाे आयाेजना तथा आवाज संस्थाकाे समन्वयमा जनता संग मेयर कार्यक्रम पञ्चपुरीमा सम्पन्न गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं ८ दुलालथाईमा कार्यक्रम गरिएको हाे । कार्यक्रममा नगरपालिकाकाे वडा नं ५ र ८ का महिलाहरु संग छलफल गरिएको छ । जनता संग जनप्रतिनिधि हरुकाे नजिकपन ल्याउन र भए गरेका कामकाे जानकारी दिन कार्यक्रमकाे आयाेजना गरिएको हाे । कार्यक्रमका सहभागी महिलाहरुले जनप्रतिनिधिहरुसंग विभिन्न बिषयमा जिज्ञासा राखेका छन । उनिहरुले समुदायमा महिलाहरुमा हुने गरेका हिंसाका बिरुद्ध याेजना बनाउनुपर्ने, आयआर्जन तथा क्षमता बिकासका कार्यक्रम संचालन गर्नुपर्ने, सुत्केरी प्राेत्साहन भत्ताकाे समयमै ब्यवस्थापन गर्न समेत भनेका छन । त्यसैगरी याेजना तर्जुमा गर्दा महिलाहरुका याेजना छनाैटमा पनि बजेट ब्यवस्थापन गर्न अनुराेध गरेक छन । त्यसैगरी ब्यवसाय गरेका उद्यमिहरुले ब्यवसायमा सहयोग गर्न समेत भनेका छन । कार्यक्रममा नगर उप प्रमुख मुक्ति रेग्मीले समस्या प्रभावित महिलाहरुकाे लागि सहयोगका कार्यक्रम ल्याएकाे र आगामी दिन गर्भवती महिलाहरुकाे लागि निशुल्क एम्बुलेन्स ब्यवस्थापन काे लागि पहल गरिने बताउनुभयो । कार्यक्रममा सहभागीकाे जवाफ दिदै नगर प्रमुख लालबीर भण्डारीले सेवाग्राहिहरुकाे लागि सेवा दिन एकीकृत सेवा प्रबाहकाे ब्यवस्थापन गर्न लागेको बताउनुभयो । साथै उहाले कृषिमा नगरपालिकाले लगानी गरेकाे र उचित ब्यवस्थापन गरिने बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष दिपक कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...