राष्ट्रिय जैबिक बिबिधता संरक्षण योजना तर्जुमा सम्बन्धि छलफल सम्पन्न,

बन तथा बाताबरण मन्त्रालयको आयोजना तथा WWF Nepal को आर्थिक सहयोगमा राष्ट्रिय जैबिक बिबिधता संरक्षण योजना तर्जुमा सम्बन्धि स्थानीय तह र समुदायस्तरमा परामर्श तथा छलफल कार्यक्रम आज पञ्चपुरीमा सम्पन्न भएको छ ।

कार्यक्रमको राष्ट्रिय जैविक विविधता संरक्षण योजना तयारी प्रक्रियामा छलफल एवं सुझाव संकलन गर्ने, राष्ट्रिय जैविक विविधता संरक्षण योजना तयार गर्न, अतिमहत्वका जैविक विविधता क्षेत्र पहिचान, संरक्षण तथा व्यवस्थापनका अवस्था, आवश्यकता, सवाल, बाधा, अडचन, अवसर तथा व्यवस्थापन ढाँचा बारे स्थानीय तहका उच्चपदाधिकारी, आदिवासी, जनजाति र समुदायसंगको छलफल तथा परामर्शमा जानकारी, राय, सुझाब र प्रतिक्रिया संकलन गर्ने उद्धेश्य रहेको थियो ।
कार्यक्रमको सहजीकरण सहजीकरण नेपाल सरकारका पुर्ब सचिब डा. कृष्ण आचार्य तथा पुर्ब सह सचिब हेमलाल अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य डिभिजन वन कार्यालय भेरी का डिभिजनल बन अधिकृत बसन्बाबु श्रेष्ठले गर्नुभएको थियो।
डिभिजन वन कार्यालय भेरीले समन्वय गरेको उक्त कार्यक्रममा पन्चपुरी नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न शाखाका शाखा प्रमुख, स्थानीय संघ सस्थाका प्रतिनिधि, सामुदायिक वनहरुका प्रतिनिधि र डिभिजन बन कार्यालय अन्तर्गतका कर्मचारीहरु समेतको सहभागिता रहेको थियो । कार्यक्रम पञ्चपुरी नगरपालिका सुर्खेतका नगरप्रमुख लालबिर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...