डाँडादरा आयुर्बेद औषधालय पञ्चपुरी ९ को आयोजनामा १ दिने आयुर्बेद शिबिर आज बिद्यापुरमा सम्पन्न भएको छ । १ दिनको शिबिरमा पायल्स फिस्टुला लगाएका बिरामीको निशुल्क चेकजाँच तथा परामर्श र औषधी समेत बितरण गरिएको छ । शिबिरमा २ सय भन्दा बढि जनाले आयुर्बेद सम्बन्धि उपचार तथा सेवा लिएको कबिराज अंशिक पण्डितले जानकारी दिनुभएको छ ।
शिबिरको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले अहिलेको समयमा दैनिक योग समेत आबश्यक रहेको र डाडादरा आयुर्बेद औषधालयले नियमित सेवा दिएको हुदा यसबाट सबैले फाइदा लिनुपर्ने बताउनुभएको छ । शिबिर वडा नं ९ का अध्यक्ष पुर्णप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।