पञ्चपुरी नगरपालिका र साइनिङ्ग अस्पताल सुर्खेतको आयोजनामा शिबिर सम्पन्न,

पञ्चपुरी नगरपालिका र साइनिङ्ग अस्पताल आइएनएफ सुर्खेतको आयोजनामा पञ्चपुरीमा शिबिर सम्पन्न गरिएको छ । पञ्चपुरी नगरपालिकाको वडा नं १ हासेगाउ र वडा नं ७ को छाप्रेमा अपांगता भएका ब्यक्तिहरुको नया परिचयपत्र बनाउने र पुरानो कार्ड नबिकरण समेत गरिएको छ ।

शिबिरमा वडा नं १ मा २० जना र वडा नं ७ मा ४२ जनाले सेवा लिएका छन । कार्यक्रममा नगरपालिकाले दिने सेवा प्रवाहको बारेमा समेत जानकारी दिईएको छ ।

शिबिरमा नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले अपांगता भएका ब्यक्तिहरुलाइ जिविकोपार्जनका लागि आवश्यक सहयोग गर्ने समेत बताउनुभएको छ । कार्यक्रममा आइएनएफ सुर्खेतका प्रतिनिधि उदय हमालले संस्थाले दिने सेवा र कार्यक्रमको उद्देश्य बारेमा समेत जानकारी दिनुभएको छ ।

शिबिरमा कार्यक्रममा आज वडा नं १ मा पुर्ण बहादुर खत्रीको अध्यक्षतामा ७ सदस्यीय अपांग संजाल समेत गठन गरिएको छ । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णनाथ योगी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पबित्रा गौतम लगाएतको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...