सुर्खेत ।
प्रभु महालक्ष्मी लाइफ ईन्स्याेरेन्स लिमिटेडको आयाेजनामा बिमा मध्यस्थकर्ता अन्तरक्रिया कार्यक्रम आज बाबियाचाैरमा सम्पन्न भएको छ । पञ्चपुरीकाे बाबियाचाैरमा भएको अन्तरक्रियामा पञ्चपुरी नगरपालिकामा रहेका बिमा अभिकर्ताहरुकाे सहभागीता रहेकाे थियोे । कार्यक्रममा बिमाकाे उदेश्य, बिमा कसरी गर्ने, बिमा गर्दा आईपर्ने जाेखिम र समाधानका उपाय बारेमा छलफल भएको उपशाखा बाबियाचाैरका कनिष्ठ सहायक दिब्या थापाले जानकारी दिनुभएको छ ।
कार्यक्रमका सहभागीले संस्थाले गरेकाे अन्तरक्रिया कार्यक्रम प्रभाबकारी भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताएका छन । कार्यक्रमकाे सहजिकरण संस्थाका कर्णाली प्रदेश कार्यालय प्रमुख देशराम चाैधरीले सहजिकरण गर्नु भएको छ ।