सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ५ मा रहेकाे शिबधाम धार्मिक संस्थाकाे परिसरमा सरसफाइ गरिएको छ । आउदै गरेकाे शिवरात्रीकाे मेलालाई ध्यानमा राख्दै सरसफाइ गरिकाे हाे । बाबियाचाैरमा रहेका स्थानीय ब्यापारी, कर्मचारी, प्रहरी, राजनीति दल लगाएत सर्बसाधारणकाे सहभागीतामा सरसफाइ गरिएको छ ।
शिबधाम धार्मिक संस्थाकाे अगुवाइमा मन्दिर परिसरमा करिव २० लाख रकम भन्दा बढिकाे लगानीमा संचनाहरु निर्माणकाे काम थालिएको छ । मन्दिर परिसरमा स्थानीय नागरिकहरुकाे लागत सहभागीता र श्रमदानबाट नै विभिन्न संरचना निर्माण सुरु गरिएको हाे ।
परिसरमा विभिन्न भगवानकाे मुर्ति निर्माण, बगैचा, धारा, चाैताराे, गेट, बेन्च, बाटाे, बत्ती ब्यवस्थापन लगाएतका कामहरु भैरहेकाे स्थानीय केशवराज पाठकले जानकारी दिनुभयाे । पाठकले सबै ब्यक्ति तथा संघसंस्था हरुसंग समन्वय गरेर सहयाेग जुटाएकाे र सहयोगीहरुकाे नाम साैजन्य गरिएको बताउनुभयो । साथै उहाले पञ्चपुरीकाे बाबियाचाैरमा रहेकाे शिबधाम धार्मिक संस्थालाई धार्मिक तथा पर्यटकिय क्षेत्रकाे रुपमा बिकास गरिने बताउनुभयाे ।
संस्थाले पर्यटकीय क्षेत्रकाे प्रचारप्रसारमा सबैलाई जुट्न आग्रह गर्दै सबैले आ आफ्नाे ठाउबाट सक्दाे सहयोग गर्न समेत अनुराेध समेत गरेकाे छ । धार्मिक संस्थाले गुरुकुल बिद्यालय समेत सञ्चालन गरिरहेकाे छ ।