नेपाल शिक्षक महासंघको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न,

नेपाल शिक्षक महासंघ पञ्चपुरी सुर्खेतकाे आयोजनामा निम्नमाध्यमिक र माद्यामिक बिद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता आज सम्पन्न भएको छ । बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरमा भएको प्रतियोगितामा माद्यामिक बिद्यालयका ९ जना र निम्नमाध्यमिक तहका १९ जना बिद्यार्थीको सहभागीता रहेको आयोजकले जनाएको छ ।

बिद्यार्थी जीवनमा अनुशासनको महत्व बिषयमा भएको प्रतियोगिताको माद्यामिक बिद्यालय तर्फ सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटेका अञ्जली बुढा प्रथम, बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरका माहिर सुनार दोस्रो, नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय बुढाखालीका लोकेन्द्र बुढा तेस्रो र बिद्याज्योती माद्यामिक बिद्यालय सुन्दरपुरका ललित तिरुवा सन्त्वना भएका छन ।

त्यसैगरि निम्नमाद्यामिक बिद्यालय तर्फ जनज्योती माद्यामिक बिद्यालय जामुका चेतन टमटा प्रथम, जनसृजना माद्यामिक बिद्यालय तातापानीका ईश्वरी हमाल दोस्रो, जनजागृत आधारभुत बिद्यालय दुलालथाइका तारा बिक तेस्रो र मालिका माद्यामिक बिद्यालय पैसराका बीरेन्द्र सुनार सन्त्वना भएका छन ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै बिद्याज्योती माद्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले निबन्ध लेखन प्रतियोगिताले बिद्यार्थीको क्षमता बिस्तार गरेको र यस्ता खालका कार्यक्रम निरन्तर गर्न जरुरी रहेको बताउनुभएको छ । सापकोटाले नतिजा प्राप्त गर्ने बिद्यार्थीहरुलाइ धन्यवाद समेत दिनभएको छ । कार्यक्रम महासंघका अध्यक्ष बिरेन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...