पञ्चपुरी ८ का ३५ जना महिलाहरुलाइ जिबिकोपार्जनका लागि चेक बितरण,

पञ्चपुरी नगरपालिकाको वडा नं ८ का ३५ जना महिलाहरुलाइ चेक बितरण गरिएको छ । युएनडिपीको सहयोगमा सञ्चालन भएको सुशासन प्रबर्धनका लागि युवा कार्यक्रम अन्तरगत वडाका अपागंता भएका, एकल र बिपन्न महिला हरुलाइ नगद सहयोगका लागि चेक बितरण गरिएको हो ।
पहिलो चरणमा लक्षित बर्गका ब्यक्तिहरुले जिबिकोपार्जनका लागि जनही १३ हजार ५ सयका दरले रकम उनिहरुकाे बैंक खातामा जम्मा गरिएको संस्थाका फिल्ड अफिसर सुशिल घिमिरेले जानकारी दिनुभएको छ । पञ्चपुरी नगरपालिका भित्रका ९ सय ८० जना मध्ये पहिलो चरणमा ५ सय जनालाइ चेक बितरणको कार्यक्रम रहेको घिमिरेले बताउनुभएको छ ।
वडा नं ८ बाट सुरु भएको चेक बितरण निरन्तर अरु वडामा पनि पुगेर हस्तान्तरण गरिने भएको छ । कार्यक्रममा चेक हस्तान्तरण गर्दै वडा नं ८ का अध्यक्ष दिपक कुमार थापाले संस्थाले गरेको लगानी अनुसार सहयोग प्राप्त ब्यक्तिहरुले उद्धेश्य अनुसार काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कर्णाली प्रदेशको २ ओटा स्थानिय तह हुम्लाको सिमकोट र सुर्खेतको पञ्चपुरीमा यो कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा मौरिडाडा सामुदायिक बनका अध्यक्ष बिजय घिमिरे, दुललाथाइ माझिगाउ चुनेरीताल खानेपानी आयोजनाका अध्यक्ष ललित सुनारको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...