नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय चाैकुने ३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न,

नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय चाैकुने ३ सिमलखेत सुर्खेतमा आज अतिरिक्त क्रियाकलाप सम्पन्न गरिएको छ । बिद्यालयमा रहेकाे बाल समुहकाे आयाेजनामा भएको कार्यक्रममा कक्षा ५ सम्मका बिद्यार्थीहरुबिच विभिन्न प्रतियोगिता गरिएको हाे । आज भएको बेलुन ब्लास्टमा चन्द्रा रावत प्रथम मिठाइ दौडमा युवराज वन्ताेला कुर्सी दौडमा सरस्वति वुढा, सियो धागो दाैडमा मनरुपा खत्री र हिसाब दाैडमा कमल वन्तोला प्रथम भएका छन ।

कार्यक्रममा बिद्यालय का प्रधानाध्यापक दुर्गबहादुर बिकले बिद्यालयका बालबालिकाकाे क्षमता बिकासमा अतिरिक्त क्रियाकलापकाे पनि भुमिका महत्त्वपूर्ण हुने भएको हुदा यसलाई निरन्तरता दिएकाे बताउनुभयो । साथै उहाले शैक्षिक गुणस्तर बृद्धिका लागि पनि अतिरिक्त क्रियाकलापले सहयोग पुर्‍याउने बताउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...