कार्यालय अगाडि वादी समुदायको धर्ना,

कर्णालीका वादी समुदाय व्यवस्थित बसोबासको माग गदै मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।

कालिकोट र दैलेखबाट पैदल हिँडेर वादी समुदायका ४०२ जना नागरिकहरु सोमबार राति ८ बजे मुख्यमन्त्री कार्यालयको गेटमा पुगेका थिए । आफ्ना माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने उनीहरुको अडान छ ।

स्थायी पूर्जासहितको जमिन, बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर नफर्किने वादी अधिकार संघर्ष समितिका अध्यक्ष प्रेम वादीले बताए ।

‘स्थानीय सरकारले हाम्रा माग सम्बोधन गरेन । त्यसैले बस्ती नै उठाएर यहाँ धर्ना दिन आएका हौं,’ उनले भने, ‘हाम्रा माग पूरा नभएसम्म हामी घर फर्किँदैनौं ।’

अध्यक्ष प्रेम वादीका अनुसार कालिकोटकोटबाट हिँडेका २०० जना अझै आइपुग्न बाँकी नै छन् । दैलेखबाट आइतबार बिहान ७ बजे हिँडेर सोमबार राती ८ बजे आफूहरु वीरेन्द्रनगर आइपुगेको उनले बताए ।

माछा मार्ने, बालुवा चाल्ने, मादल र सुल्पा बनाएर गुजारा चलाउने यो समुदाय पछिल्लो समय संकटमा छ । उनीहरुसँग उत्पादन गरेर खाने खेतीयोग्य जमिन छैन ।

‘हाम्रो बस्ने जमिन छैन । भारी बोक्दै, माछा मार्दै जीविका चलाएका थियौँ,’ स्थानीय हिक्मत वादीले भने, ‘ठेकेदारले खोला पस्न दिँदैनन्, मादल र सुल्पा बिक्री हुँदैन, माछा मार्न स्थानीय सरकारको अनुमति चाहिन्छ ।’

‘केही विकल्प नभएपछि जग्गा र घर माग्दै प्रदेश सरकारको अगाडि धर्ना बस्न आएका हौं,’ उनले थपे ।

‘दैलेखमा मात्रै ६६९ परिवार वादी समुदायको बसोबास छ । ती मध्ये केहीलाई सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएर दिएको छ । तर, ती घर वर्षेनी परिवारको संख्या बढ्दै गएपछि साँघुरो हुन थालेको छन् । onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...