रामकृष्ण बुढा
जुम्ला,
सिकाई आदान प्रदानका लागि अन्तर समूह अवलोकन तथा भ्रमण कार्यक्रम गरिएको छ । वल्डभिजन इन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको सहजिकरणमा दुई दिने सिकाई आदान प्रदान तथा भ्रमण कार्यक्रम गरिएको हो । तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका र पातारासी गाउँपालिकाका समूहहरुले गरेका हुन् असल कामहरुको बारेमा अवलोकन तथा सिकाइ आदानप्रदान गरिएको हो ।
२८ जना महिलाहरु अवलोकनमा सहभागि भएका हुन् । वागवानि अनुसन्धान केन्द्र राजिकोटमा विभिन्न कृषि सम्बन्धि अवलोकन गरेकाहुन् । वागवानि अनुसन्धान केन्द्र का कार्यलय प्रमुख राजकुमार गीरीले बिभिन्न स्याउ र ओखरका नर्सरी देखाउनु भएको थियो ।
गीरीका अनुसार, बिभिन्न समूहबाट अवलोकन गर्न गएका महिला समूहहरुलाई स्याउ, ओखर र आरु तथा तरकारी बालितर्फ आलु, गोबी, मुला र गाजर लगायतका बालिमा मलजलको मात्रा कति राख्ने र गोडमेल कसरी गर्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।
कृषिमा आवद्ध महिला समूहहरुलाई नर्सरी निर्माण गरि विरुवा उत्पादन गर्न पनि उहाँले सुझाव दिनु भएको छ । तरकारी बाली उत्पादन गर्न सकेमा आत्मनिर्भर हुन सकिने बताउँदै उहाँले दातृ निकायले दिएको ज्ञान र सीपलाई भरपुर रुपमा सदुपयोग गर्न अवलोकनमा पुगेका महिला समूहहरुलाई आग्रह गर्नु भएको छ । निसुल्क नभएर सह सुल्कमा किसानने बुटा पाउने बताउनुभयो ।
गुठीचौर गाउँपालिका अध्यक्ष दानबादुर बुढाका अनुसार कृषकले राम्म्रो काम गरेमा गाउपालिकाको तर्फबाट गर्न सक्ने सहयोग आफुले गर्ने बताउदै किर्डाक नेपालले गरेका काम प्रति सधै आफु सकारात्मक हुने बतानुभयो । उहाले कथा बाटै सहभागीलाइ कसरी तरकारी खेती गर्ने भन्ने बारेमा जानकारी गराउनुभयो ।
यस्तै किर्डाक नेपाल जुम्लाका अनुगमन तथा मुल्याङ्कन का मील ललित डागी का अनुसार किर्डाक नेपाल जुम्लाले सामाजिक क्षेत्रमा माम गर्दै आयको बताउदै किर्डाक नेपाल जुम्लाका कुनैपनी कर्मचारीले नराम्म्रा क्रियाकलाप गरेको पाइएमा किर्डाक नेपाल जुम्लाको टोल फ्रि नम्बर १६६००१०९१०९ मा फोन गर्न कृषक लाइ भन्नुभयो ।
डागीले भन्नुभयो हरेक कुरामा छनोट गर्दा खेरी वडासंग समन्वय गरेर गर्ने गरेको बताउनुभयो । उहाले भननुभयो यदी आफ्ना स्टाफले कुनै कुरामा तलमाथी गरेमा अन्द स्पोर्ट मा कार्बाही गर्ने बताउनुभयो । किर्डाक नेपाल जुम्लाबाट ग्रीन हाउस र बिउ बिजन वितरण गरिएको र सुधारिएको तरकारी खेति महिलाहरुलाई सिकाउन खोजिएको उहाँको भनाइ छ ।
अन्तर समूह अवलोकनले एक आपसमा सिकाई आदान प्रदान हुने विश्वास गरिएको डागीले बताउनु भयो ।किर्डाकलेपाल जुम्लाले ग्रीनहाउ को लागी दिएको तरकारी खेतिगरिरहनुभएकी चन्दननाथ नगरपालिका वडानम्बर १ की राजकन्या न्यौपाने ले ५१ साल देखी तरकारी खेती गर्दै आइरहेको बताउनुभयो । उहाले पहीलो वर्ष तरकारी खेती गर्दा जौ उखेलेर तरकारी खेती गरेको बताउनुभयो । उहाले भन्नुभयो एक बर्षमा ८ देखी १० लाख सम्म तरकारी खेतीबाटै कमाइगर्ने गरेको बताउनुभयो । अहिले जेठी छोरी अनमी जेठो छोरा सुब्बा अर्की छोरी सुब्बा कान्छो छोरा पढिरहेको बताउनुभयो योसबै लगानी तरकारी खेतिबाटै भएको बताउदै कृषि समुहकी सहभागी महिलालाई बताउनुभयो ।
उहाले प्याज, काउली टमाटर गाजरको बारेमा कसरी बेर्ना उमार्ने भन्नेबारेमा पनी जानकारी गराउनुभयो । जुम्लाका महिलाहरुको जीवन कृषि पेशाबाट बदलिन्छ उहाँले भन्नुभयो, यसका लागि महिला पनि जागरुक हुनुपर्छ । गरिब, दुखि, असाय, एकल महिला, दलित महिला, अपाङ्गता भएका महिलाको हक र हितका लागि किर्डाक नेपालले खेलेको भूमिका कहिले पनि बिर्सन सकिने छैन, उहाँले भन्नुभयो, संस्थाको हित भइरहोस मेरो शुभकामना छ ।
अवलोनकमा सहभागि चन्दननाथ नगरपालिका १ आचार्यबाडा की मालीका आलुउत्पादन समुहही सिमा खत्रीका अनुसार किर्डाक नेपाल जुम्लाले निकै प्रभावकारी र उदाहरणीय काम गर्दै आइरहेको बताउनुभयो । यो संस्थाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिकाएको उहाँले बताउनु भयो । महिलाहरुलाई आर्थिक क्षेत्रमा सहभागि गराउन र शसक्तिकरणमा किर्डाकले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । महिला समूह मार्फत गरेका असल र राम्रा कामहरुको सिकाई गर्ने अवसर प्रदान गरेको खत्रीले बताउनु भयो ।