पञ्चपुरी नगरपालिका वडा नम्वर ७ छाप्रेमा रहेको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसिले सोमबार भवनको शिलान्यास गर्नु भएको हो । सामाजिक बिकास मान्त्रालय कर्णाली प्रदेशको ४० लाख लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माण कार्य आगामी आर्थिक बर्षमा सक्ने लक्ष्य लिएको छ ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बिसिले शिक्षा क्षेत्रको विकासका लागी भौतीक पुर्वाधार महत्वपुर्ण रहेको भन्दै शैक्षिक गुणस्तर सुधारका लागी प्रदेश सरकार लागी परेको बताउनु भयो । मन्त्री बिसिले सिलन्यास गरिएको ४ कोठे भवन तोकेकै समय सिमा भित्र सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले नगरपालिकामा रहेका बिद्यालयको जस्ताका छाना बिस्थापन गरि पक्की भवन बनाउन आफु लागि परेको र यसका लागि सहयोग गर्ने कर्णाली प्रदेश सरकारलाइ धन्यावाद समेत दिनुभएको छ । थापाले भौतिक संरचनाले मात्रै शैक्षिक गुणस्तर बृद्धि नहुने भन्दै यसका लागि सबैको सहकार्य आबश्यक रहेको बताउनु भएको छ ।
त्यस्तै नगर उप प्रमुख मुक्ति रेग्मीले नगरपालिकाले शिक्षाको बिकासका लागि कार्यालयले स्वयंसेवक शिक्षक ब्यवस्थापन गरेको स्मरण गराउनुभएको छ ।
मन्त्री बिसिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छबिलाल सिग्देल, शिक्षा तथा खेलकुद बिकास शाखा पञ्चपुरीका द्रोणराज पाठक, नगर सदस्य खगिसरा कडेल, गोर्ख कामी, नेपाली काग्रेसका क्षेत्रीय सभापती इन्द्र बहादुर रावल, सचिब बलबहादुर बिष्ट, नगर सभापती कृपाराम थापा, वडा सभापती प्रेम बिष्ट, शुसिल घिमिरे तथा विभिन्न राजनीतीक दलका प्रतिनिधीहरु, विद्यार्थी, शिक्षक, अभिभावक विद्यालय व्यवस्थापन समितीका पदाधीकारीहरु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष नेत्र सावदको अध्यक्षतामा सम्पन्न भएको हो ।