१० फागुन, सुर्खेत ।
बाबियाचौर सामुदायिक सिकाई केन्द्रको आयोजनामा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । पञ्चपुरी नगरपालिकाको साबिक बाबियाचौर गाविस अन्तर्गतका ११ वटा सामुदायिक विद्यालयहरूबीच हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरमा भएको प्रतियोगितामा कालिका प्राथमिक विद्यालय तिखाकुना प्रथम गौरीशंकर आधारभूत विद्यालय चतुरे दोस्रो सहिद स्मारक प्राथमिक विद्यालय डाब तेस्रो र विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौर सान्त्वना भएको छ ।
कार्यक्रममा बोल्दै सिकाइ केन्द्रका अध्यक्ष केशवराज पाठकले प्राथमिक तहका बालबालिकाहरूको क्षमता विकास गराउनको लागि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको र यसले बालबालिकाको पढाइ क्षमतामा थप सहयोग पुग्ने बताउनुभएको छ । त्यसैगरी उहाँले सामुदायिक सिकाई केन्द्रले यसअघि बालविकासका सहयोगी कार्यकर्ताहरूलाई तालिम सञ्चालन गरेको समेत बताउनुभएको छ । प्रतियोगितामा नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ ।












