पञ्चपुरी ११ मा राति ९ बजे सम्म मात्रै मनाेरञ्जनका कार्यक्रम गर्न पाईने,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ११ ले आफ्नाे टाेल भित्र राति हाेहल्ला तथा डिजे साउण्ड बजाउन नपाउने निर्णय गरेकाे छ । वडा कार्यालयका जनप्रतिनिधि, प्रहरी कार्यालय लगाएतकाे बैठकले घरमा काेहि कसैले रमाईलाे गर्दा प्रहरीको अनुमति लिनुपर्ने निर्णय समेत गरेकाे छ ।

त्यसैगरी रमाइलो तथा मनाेरञ्जन राति ९ बजे सम्म मात्रै गर्न पाईने र अटेर गरे १ हजार जरिवाना गर्ने समेत बैठकले निर्णय गरेकाे छ । त्यस्तै वडा भित्र काेहि कसैले जाँड रक्सी सेवन गरि हाेहल्ला गर्न नपाउने र सार्वजनिक ठाउँमा हाेहल्ला गरेको पाईएमा ५ हजार जरिवाना गर्ने समेत जनाएको छ । वडा अध्यक्ष धनबहादुर माझीले समुदायमा मदिरा कै कारण झैझगडा हुने गरेकाे हुदा यस्तो निर्णय गरेकाे र यसलाई निरन्तर कार्यान्वयन गरिने समेत बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...