संसार भरिका श्रमिक एक हाैं,सीप र श्रमिकको सम्मान गराै भन्ने मुल मर्म सहित सिलाई कटाई टेलर्स संगठन पञ्चपुरी सुर्खेतकाे दाेस्राे बार्षिक साधारणसभा तथा भेला अाज पञ्चपुरी काे पलैटेमा सम्पन्न भएको छ । साधारणसभामा पञ्चपुरी नगरपालिका भित्र सिलाई कटाई ब्यवसाय सञ्चालन गरिरहेका ब्यवसायीहरुकाे सहभागीता रहेकाे थियाे । साधारणसभा मा पञ्चपुरी नगरपालिका वडा नं १ का अध्यक्ष धनबहादुर थापाले राजनीति अास्था जसकाे जहाँ भए पनि सिपकाे संगठनमा सबैकाे एउटै भावना र बिचार हुन जरुरी रहेकाे बताउनुभएको छ ।

त्यसैगरी वडा नं २ का अध्यक्ष जगतबहादुर बिसिले सिलाई कटाई ब्यवसायी हरुकाे दर रेट एउटै हुन अाबश्यक रहेकाे बताउनुभयो । त्यस्तै बिसिले नगरपालिका बाट हुन सीप बिकासका कार्यक्रममा प्रस्ताव बनाएर पेश गर्न र अझै ब्यवसायमा सबैलाई अाबद्द गराउन अाग्रह गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथी सिलाई कटाई टेलर्स संगठन जिल्ला कार्यसमिति सुर्खेत का सचिब श्याम नेपालीले टेलर्स ब्यवसायीहरु अाफ्ना अधिकारका लागि लाग्न जरुरी रहेकाे बताउनुभयो । साथै ब्यबसाय लाई दर्ता गरि संचालन गर्न र ब्यवसायी काे हक हितका लागि संगठन लागि पर्ने बताउनुभएको छ । साधारणसभा सिलाई कटाई टेलर्स संगठनका अध्यक्ष कर्णबहादुर नेपालीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।