नेपाली कांग्रेस पञ्चपुरीले गरेको नमुनायोग्य काम देशैभर प्रवाह गर्छु-महामन्त्री शर्मा,

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले सामाजिक सुरक्षा भत्तालाई हतियार बनाएर मत माग्ने गरेको टिप्पणी गरेका छन् । सुर्खेतको पञ्चपुरीमा आयोजित नेपाली काग्रेस पञ्चपुरीको नगर सम्मेलनको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले एमालेले एक पटकको भत्ताले जिन्दगीभर सत्ताको आशा गरेको बताएका छन ।

उनले एमालेले सुरुवात गरेपनि त्यसलाई १०० बाट २ हजार सम्म बनाउने पार्टी कांग्रेस भएको समेत बताए । ‘समाजमा केही हुन सकेन भन्ने खालको कुराले जनतामा असन्तुष्टि पैदा गर्छ,’ शर्माले भने, ‘आफुले गरेका कामहरुलाई जनताको बीचमा बुझाउन सक्नुपर्छ ।’
शर्माले यो पटक सबैभन्दा ठुलो पार्टी भएर पनि आफ्नै कमजोरीका कारण सत्तामा पुग्न नसकेको बताउँदै उनले भने, ‘अब कांग्रेसलाई बदल्नुपर्छ, बदल्छौं र देशभरीबाट बहुमत ल्याएर आगामी दिनमा सिंहदरबारको नेतृत्व गर्नेगरि जानुपर्ने मनोविज्ञान आम कार्यकर्ताले बनाउनुपर्छ ।’

शर्माले पाटिको सरकार भएन भनेर गुनासो गर्दै बस्नुपर्ने अबस्था नभएको र अब कांग्रेस नवीनतम तरिकाले अघि बढ्दै बहुमत ल्याउनेगरी लाग्नुपर्ने सन्देश दिएका छन । शर्माले नेपाली कांग्रेस पञ्चपुरीले गरेको काम नमुना योग्य भएको र त्यसको शन्देश देशैभर प्रवाह गर्ने समेत बताएका छन ।

त्यसैगरि कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य हृदयराम थानीले ५ बर्ष भित्र पश्चिमको बिकास गरेर अभिभावकत्व ग्रहण गर्ने समेत बताएका छन । थानीले कांग्रेस अन्य दल संग गठबन्धन गर्न तयार हुने तर आफ्नै दलभित्रको गुट उपगुटले बिग्रेको समेत बताएका छन ।

कार्यक्रममा नगर सभापती कृपाराम थापाले बिगत १ बर्षमा गरेको काम र आगामी दिनमा गर्ने कामको बारेमा समेत प्रतिबेदन समेत प्रस्तुत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...