नेपाली कांग्रेस चौकुनेको प्रथम गाउपालिकाका स्तरिय सम्मेलन सम्पन्न,

नेपाली कांग्रेस चौकुने गाउपालिकाको प्रथम गाउपालिका स्तरिय सम्मेलन चौकुनेको बिजौरामा सम्पन्न भएको छ । चौकुने गाउपालिकामा रहेका नेपाली काँग्रेसका कार्यकर्ताहरुको भेलामा सम्मेलन गरिएको हो ।

कार्यक्रमको उद्धाटन गर्दै नेपालीका काँग्रेसका पुर्ब केन्द्रीय सदस्य तथा सुर्खेत क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य हृदयराम थानीले नेपाली काँग्रेस प्रति जनताको आशा भरोसा रहेको बताउनुभएको छ ।

देशमा समस्या पर्दा हरेक समयमा काँग्रेसको आश्यकता पर्ने बताउदै थानीले संविधानको रक्षा गर्नु सबै नागरिकको कर्तब्य रहने समेत बताउनुभएको छ । कार्यक्रमममा थानीले नेपाली काँग्रेसको नेतृत्वमा धेरै बिकास निर्माणका कामहरु भएको हुदा सबै नेता कार्यकर्ताले जनतासम्म सो को जानकारी गराउन आवश्यक रहेको समेत बताउनुभएको छ ।

सम्मेलनमा कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र बहादुर थापा, सुर्खेत जिल्ला उप सभापती टोपबहादुर रावत, सुर्खेत क्षेत्र नं २ का क्षेत्रीय सभापती इन्द्रबहादुर रावल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सम्मेलनमा नेपाली कांग्रेस चौकुनेले गरेका काम, समस्या तथा आगामी योजना बारेमा जानकारी तथा समिक्षा समेत गरिएको छ । सम्मेलन नेपाली कांग्रेस चौकुनेका सभापती नरबहादुर बान्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...