राष्ट्रिय प्रजातन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी सुर्खेतको पञ्चपुरीमा मनाइएको छ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । नगरपालिकाको आयोजनामा आज प्रभात फेरीको आयोजना गरिएको हो ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । प्रभातफेरीमा राजनितिक दल, संघ संस्थाका प्रतिनिधि, प्रहरी, नागरिक समाज लगाएतको सहभागिता रहेको थियो ।
