सुर्खेतकाे बराहताल गाउँपालिका वडा न ६ को एक बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ । जनजागरण प्राथमिक बिद्यालय बराहताल ६ ईखेनिका बिद्यार्थीहरूलाई शैक्षिक सामाग्री एक कार्यक्रम बिच हस्तान्तरण गरिएको हाे । नेपाल प्रहरी श्रीमती संघ आयोजना र बराहताल गाउँपालिकाको समन्वयमा स्टेसनरी बितरण गरिएकाे हाे । त्यसैगरि संघकै आयाेजनामा शनिबार बराहताल ५ काे चेपाङमा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको हाे । कार्यक्रममा बराहताल गाउपालिका अध्यक्ष भिमबहादुर भण्डारीले संघले गरेकाे सहयोग प्रति धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर साथ र समन्वयमा गाउँपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ ।
