पञ्चपुरीमा रहेका शिक्षकहरू हातमा कालोपट्टी बाधेर आन्दोलित

६ फागुन, सुर्खेत ।
अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने सन्देश सहित पञ्चपुरीमा रहेका शिक्षकहरू हातमा कालोपट्टी बाधेर आन्दोलित भएका छन । शिक्षक महासंघ पञ्चपुरीद्वारा पञ्चपुरी नगरपालिकाको कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घका अध्यक्ष वीरेन्द्रकुमार जोशी र सचिव हरिप्रसाद ढकालको हस्ताक्षरित ध्यानाकर्षण पत्र पञ्चपुरी नगरपालिका भित्र रहेका शिक्षकहरूको सहभागितामा नगर प्रमुख लालवीर भण्डारीलाई बुझाइएको हो ।
ध्यानाकर्षण पत्रमा विद्यालय शिक्षा ऐन संसदीय प्रकियामा रहेकै बेला ऐनले सम्बोधन गर्नुपर्ने विषयमा आम शिक्षकको भावना विपरित निवृत्तीभरण सम्वन्धी अध्यादेश जारी हुनु, सरकारकै निर्णयबाट हुनसक्ने बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको लागि उचित तलवमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधिको खारेजी, मासिक तलब भुक्तानी जस्ता सामान्य काम समेत नगरिनुवाट सरकारको शिक्षा, शिक्षक–कर्मचारी विरोधी सोच प्रष्ट भएको भनिएको छ ।

त्यसैगरी विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी, विद्यालय, विद्यार्थी, शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन अव आन्दोलन जानु बाहेक कुनै विकल्प नभएकोले राष्ट्रिय समितिको बैठकको निर्णय अनुसार पहिलो चरणका आन्दोलनका कार्यकम थालनी गरेको उल्लेख गरिएको छ । ।
आम नेपाली विद्यार्थी, शिक्षक र कर्मचारीको न्यायिक मागहरु सम्बोधन हुने गरी शिक्षा ऐन जारी गराउने उदद्देश्यका साथ अघि बढेको यो आन्दोलनलाई सहयोग र समर्थन गर्न हामी विद्यार्थी, अभिभावक, जनप्रतिनधिहरु तथा सबै शिक्षा सरोकार पक्षमा अपील गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search