बाबियाचौर कन्सल्टेन्सी सेन्टरको आयोजना तथा पञ्चपुरी नगरपालिकाको सहयोगमा युवाहरुलाइ क्षमता बिकास गर्नको ३ महिने बेसिक कम्प्युटर २ महिने इलेक्ट्रिसियन तालिम पञ्चपुरीमा सुरु भएको छ । तालिममा पञ्चपुरी नगरपालिका ६६ जनाको सहभागिता रहेको छ ।
तालिमको उद्धाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले सहभागिले ३ महिनाको अबधिमा तालिम ध्यान दिएर सिक्न सबै सहभागिहरुलाइ आग्रह गर्नुभएको छ । भण्डारीले नागरिकको सामाजिक र बौद्धिक बिकास पनि महत्वपुर्ण हुने हुदा आफुले आगामी दिनमा सामाजिक बिकासका कार्यक्रमलाइ पनि प्राथमिता दिने समेत बताउनुभएको छ ।
उद्घाटन कार्यक्रममा नगर उप प्रमुख मुक्ति रेग्मी, वडा नं ३ का अध्यक्ष बलबहादुर रोकायले तालिमको सफलताको शुभकामना दिनुभएको छ । उद्घाटन कार्यक्रम लोकेन्द्र रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।