सुर्खेत ।
फाईभस्टार युवा खेलकुद तथा साँस्कृतिक क्लव पञ्चपुरी ६ सुर्खेतको आयोजनामा भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक फाईभस्टार युवा क्लबले हात पारेको छ । आज भएको आयोजक फाईभस्टार युवा क्लव बाबियाचौर र युनियन क्लव पलैटे बिचको फाइनल खेलमा आयोजकले १ का बिरुद्ध ३ गोल गर्दै उपाधी हात पारेको हो ।
खेलको म्यान अफ द म्याच महेन्द्र बिक, उत्कृष्ट गोलकिपर रोशन गिरी, उत्कृष्ट डिफेन्डर हिमाल सिजापती, उत्कृष्ट मिड फिल्डर गणेश पुलामी घोषित भएका छन । त्यसैगरी सर्वाधिक गोलकर्ता धनसिं बिक, प्लेयर अफ त टुर्नामेन्ट चिरन कार्की भएका छन ।
फागुन १ गते देखी सुरु भएको प्रतियोगिता १० ओटा टिमको सहभागीता रहेको थियो । खेलमा प्रथम हुने टिमलाई नगद १ लाख मेडल प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद ५० हजार मेडल प्रमाणपत्र प्रदान गरिएको छ । आयोजकले खेलमा सहयोग गर्ने सबैलाइ सम्मान समेत गरेको छ । समापन कार्यक्रम नगरप्रमुख लालबीर भण्डारी प्रमुख अतिथ्यता र नबिन सार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।
