छिमेक लघुवित्तका उत्कृष्ट १० इकाइलाई सम्मान,

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सुदूरपश्चिम प्रदेश अन्तरगतको शाखा कार्यालय पञ्चपुरी सुर्खेतको दोस्रो ग्राहक सदस्य गुनासो सुनुवाइ (इकाइ भेला) बाबियाचौरमा सम्पन्न भएको छ । लघुवित्तका सदस्यहरुको भेलामा उत्कृष्ट १० इकाइलाई छात्रावृत्ति तथा नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
भेलामा इकाइले गरिरहेको काम, समस्या तथा चुनौतिको बारेमा समेत छलफल गरिएको छ । कार्यक्रममा अभिभावक तथा सदस्यहरूको तर्फबाट प्राप्त सल्लाह सुझाव तथा गुनासोको बारेमा सुनुवाइ समेत गरिएको छ । सल्लाह सुझाव दिने सबैलाइ शाखा प्रबन्धक संगित ओलीले धन्यावाद समेत दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...