मेयरकपको बिजेता खेलाडीहरुलाइ वडा नं ६ को कार्यलयद्धारा सम्मान,

सुर्खेतको पञ्चपुरी नगरपालिकामा भएको तेस्रो मेयर कपको उपाधी प्राप्त गर्ने वडा नं ६ का खेलाडीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ । उक्त खेलमा खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको र अनुशासनमा रहि खेल प्रदर्शन गरेकोमा वडा कार्यालयले धन्यवाद समेत दिएको छ ।
सम्मान कार्यक्रममा ब्यवस्थापक चेतन नेपालीले वडाले खेलाडीहरुलाई सम्मान गर्दा मनोवल उच्च भएको र आगामी दिनमा पनि थप राम्रो खेल प्रदर्शन गर्ने हौसला बढेको बताउनुभएको छ ।

कार्यक्रममा वडा नं ६ का अध्यक्ष नरबहादुर सिजापतीले खेलाडीहरुका लागि विशेष प्याकेजको ब्यवस्था गरि खेलकुद क्षेत्रमा विशेष लगानी गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...