पञ्चपुरी नगरपालिकाको वडा नं ५ मुरमुरीमा निर्माण भएको शिव मन्दिरको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । आव २०७७÷०७८ को बिनियोजित २ लाख बजेट बाट निर्माण भएको मन्दिरको नगर प्रमुख लालबिर भण्डारीले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका पुर्व नगर प्रमुख उपेन्द्र बहादुर थापाले आफ्नो परम्परा संस्कृति तथा रितिरिवाजको जगेर्ना गर्नुनागरिकको कर्तव्य रहेको बताउनुभएको छ ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले मन्दिर निर्माण कार्य राम्रो भएको र यसको संरक्षणमा स्थानीय नागरिकले चासो दिनुपर्नेमा जोड दिनुभएको छ । भण्डारीले आगामी दिनमा मन्दिर निर्माणमा आवश्यक पर्ने अन्य भौतिक निर्माणका लागि नगरपालिकाले आबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
कार्यक्रम मन्दिर निर्माण समितिको संयोजक एवम वडा सदस्य चक्रबहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।