फागुन १ गतेदेखि पञ्चपुरीका वडा कार्यालयमा ई–हाजिरी सुरु,

सुर्खेतको पञ्चपुरी नगरपालिकाले पालिकाभित्रका सम्पूर्ण वडा कार्यालयमा फागुन १ गतेदेखि ई–हाजिरीको व्यवस्था मिलाएको छ ।नगरपालिकाका नगर भित्रका सम्पूर्ण वडा कार्यालय, ४ ओटा सामुदायिक स्वास्थ्य इकाइमा अनिवार्य ई–हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको हो । प्रत्येक महिना ई–हाजिरीमा गयल देखिएको दिनको नियम अनुसारको कागजातसहित उचित कारण नभएको अवस्थामा गयल कट्टी हुने नगरपालिकाले जनाएको छ ।
सम्बन्धित कार्यालयमा जडान गरिएको ई–हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख हुनेछन् । ई–हाजिरी मेसिनमा कुनै समस्या देखिए नगरपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउनु पर्ने नगरपालिकाको भनाइ रहेको छ ।

हाजिरी मेसिन जडानबाट कार्यालयमा कर्मचारी नियमित उपस्थित भए नभएको तत्काल जानकारी हुने र जसले काममा थप प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत गोकर्णनाथ योगीको भनाइ रहेको छ । नगरपालिकाले प्रत्येक वडामा जडान गरिएको हाजिरी मेसिनमा कर्मचारी उपस्थित भए नभएको जानकारी तत्कालै नगरपालिकामा हुने ब्यबस्था मिलाएको छ । यसको प्रभावकारीतालाइ मध्यनजर गर्दै नगरपालिकाले बिद्यालयमा पनि हाजिरी मेसिन जडान गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...