नगरपालिकाबाट जाजुरादह घुम्न अब २० मिनेटमै पुग्न सकिने,

पञ्चपुरी नगरपालिका मा रहेकाे जाजुरादहकाे पर्यटन बिकास गर्नका लागि सडक निर्माणकाे कामलाई तिब्रता दिईएकाे छ । पञ्चपुरी नगरपालिकाकाे वडा नं ८ मा रहेकाे जाजुरादह चमेरे गुफा, गुप्तिताल लगाएतका पर्यटकीय क्षेत्रकाे प्रचार प्रसार गर्नकाे लागि बाबियाचाैर देखि जाजुरादह जाेड्ने सडक निर्माणकाे शिलान्यास गरिएको छ ।

बाबियाचाैरकाे चतुरे देखि सडक निर्माण सुरु गरिएको छ । नगरपालिका र कर्णाली प्रदेश सरकारकाे जम्मा १ कराेड ४० लाखकाे लगानीमा सडक निर्माण हुने भएको छ । अाज पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले शिलान्यास गर्नुभएको हाे । बिद्यापुरबाट सडक सञ्जाल जाेडिएपनि जाजुरादह पुग्न अप्ठ्यारो बाटाेका कारण अहिले १ घण्टा भन्दा बढि समय लाग्ने गरेकाे छ ।

तर नया सडक सञ्जाल जाेडिएपछि जाजुरादह बाबियाचाैर देखि २० मिनेटमै पुगिने भएको छ । करिव ५ किलोमिटर लम्बाई रहेकाे सडकमा २ किलोमिटर ग्राबेल गरिने ईन्जिनियर नरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ । सडक निर्माण दिर्घायु घनिष्टा निर्माण सेवाले जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

खोजि गर्नुहोस ...