देउडा संस्कृति जगेर्ना गर्नको लागि पञ्चपुरी नगरपालिकाको वडा नं. ३ ले अभियानको सुरुवात गरेको छ । वडा कार्यालयले एक कार्यक्रमका बिच वडामा रहेका ३७ जना महिला हरुलाइ देउडा खेलका लागि पोशाक बितरण समेत गरेको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले पञ्चपुरी नगरपालिकाले देउडा संस्कृति संरक्षणमा नगरपालिकाले यस अघिदेखि काम गर्दै आएको र आगामी दिनमा योजना बनाएर देउडाका लागि काम गर्ने प्रतिबद्धता समेत जनाउनभएको छ ।
वडा नं. ३ भित्रका महिलाहरुले प्रत्येक महिनाको १ गते र १५ गते दिदिबहिनी भेटघाट कार्यक्रम सञ्चालन गरेर देउडा खेल खेल्दै आएका छन । कार्यक्रम वडा अध्यक्ष वलबहादुर रोकायको अध्यक्षतामा सम्पन्न भएको हो ।