पञ्चपुरीकाे बाबियाचाैरमा खुल्ला फुटबल प्रतियोगिता सुरु,

सुर्खेत ।
फाईभस्टार युवा खेलकुद तथा सास्कृतिक क्लव पञ्चपुरी ६ सुर्खेतकाे आयाेजनामा आज देखि खुल्ला फुटबल प्रतियोगिता बाबियाचाैरमा सुरु भएको छ । आजदेखि सुरु भएको प्रतियोगिता १० ओटा टिमकाे सहभागीता रहेकाे छ । प्रतियोगिताकाे उद्घाटन गर्दै नगरप्रमुख लालबीर भण्डारीले पहिलाे पटक खेलकुद आयाेजना गरेकाे क्लवलाई खेल शान्त र मर्यादित बातावरणमा संचालन गर्न निर्देशन दिनुभएको छ । खेलकुद मानव जीवनमा महत्त्वपूर्ण हुने र खेलाडीलाई राष्ट्रिय स्तरमा पुग्न मद्दत गर्ने भएको हुदा अनुशासनमा रहि खेल खेल्न समेत उहाले आग्रह गर्नुभयाे । आज भएको आयाेजक हरियाे र बाङगेसिमल युवा क्लव बीरेन्द्रनगर बिचकाे खेलमा १ का बिरुद्ध २ गाेल गर्दै बाङगेसिमल युवा क्लव बिजेता बनेको छ । फागुन ४ गते सम्म सञ्चालन हुने खेलकुदमा प्रथम हुने टिमलाई नगद १ लाख मेडल प्रमाणपत्र, दाेस्राे हुने टिमलाई नगद ५० हजार मेडल प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएको छ । प्रेम सुनारले सञ्चालन गरेकाे कार्यक्रमकाे हर्क सावदले स्वागत मन्तब्य राख्नुभएको थियोे भने नवीन सार्कीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...