पञ्चपुरी कृषि सहकारीको १०अाैं बार्षिक साधारणसभा सम्पन्न,

सुर्खेतको पञ्चपुरी कृषि सहकारी संस्था पञ्चपुरी ९ काे १० अाै बार्षिक साधारणसभा अाज बिद्यापुरमा सम्पन्न भएको छ । सहकारीको अा. ब. २०७६/०७७ काे ६७ लाख १७ हजार ७ सय २१ रुपैयाँ बराबरकाे अाय ब्यय सहकारीका काेषाध्यक्ष धर्मराज बास्ताेलाले प्रस्तुत गर्नुभएको छ । सहकारीले स्थापना भए देखि हालसम्म ४ सय १ जना शेयर सदस्यहरु सहकारीमा अाबद्ध भएका छन । सहकारीले कृषि, सिलाईकटाइ, अपांगता भएका ब्यक्तिहरुका लागि अाय अार्जन र स्वास्थ्य उपचारका लागि सहयोग तथा समन्वय गरेकाे छ । सहकारीले कृषक हरुलाई ६८ अाेटा प्लास्टिक घर समेत उपलब्ध गराएकाे छ ।

त्यस्तै सहकारीले बाल बचत, ऋण लगानी, बचत समेत गर्ने गरेकाे छ । त्यसैगरी सहकारीले अागामी दिनमा बेमौसमी तरकारी खेति गर्न २ सय ५० जना पुर्‍याउने लक्ष्य राखेकाे । साधारणसभा मा बाेल्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले सहकारीका सदस्यले उत्पादन गरेकाे तरकारीको बजारीकरण का लागि नगरपालिकाले समन्वय गरिदिने बताउनुभएको छ । साथै उहाले लकडाउनकाे समयमा पनि कृषकहरुले उत्पादन गरेकाे तरकारी बिक्री गर्न समन्वय गरेकाे स्मरण गराउदै अात्मनिर्भर हुनका लागि ब्यबसाय नै प्रमुख अाबश्यकता रहेकाे बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष शान्तिराज खरालले सहकारीबाट ऋण लिएर फाइदा हुने काममा लाग्न प्राेत्साहन समेत गर्नुभएको छ । परशुराम सापकाेटाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम चन्द्रा सापकोटाले संचालन गर्नुभएको थियोे । साधारणसभा सहकारीका अध्यक्ष गंगाराम घिमिरे काे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...