माघ २७ गते देखि पञ्चपुरी नगरपालिकामा रहेका माद्यामिक बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको आज समापन गरिएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ सञ्चालित छनौट प्रतियोगितामा नगरपालिकामा रहेका १२ ओटा माद्यामिक बिद्यालयको सहभागिता रहेको थियो ।
जनता माद्यामिक बिद्यालय बिद्यापुरको प्रागणमा भएको खेलमा एथ्लेटिक्स, कबड्डी, भलिबल लगाएतका खेलहरु सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा बिद्याज्योती माद्यामिक बिद्यालय पञ्चपुरी ५ बाबियाचौर १७ स्वर्ण ८ रजत र ८ कास्य पदक सहित प्रथम भएको छ । त्यसैगरी सुर्य प्रकाश माद्यामिक बिद्यालय पञ्चपुरी २ पलैटे ९ स्वर्ण ८ रजत र ६ कास्य पदक सहित दोस्रो भएको छ भने जनता माद्यामिक बिद्यालय पञ्चपुरी ९ बिद्यापुर ८ स्वर्ण ७ रजत र ८ कास्य पदक सहित तेस्रो भएको छ ।
त्यस्तै मालिका माद्यामिक बिद्यालय पञ्चपुरी ७ छाप्रे २ स्वर्ण ३ रजत र १ कास्य पदक सहित चौथो, जनसृजना माद्यामिक बिद्यालय पञ्चपुरी ११ तातापानी २ स्वर्ण २ रजत र ४ कास्य पदक सहित पाँचौ र विद्याभुमी एकेडेमी पञ्चपुरी ५ बाबियाचौर १ स्वर्ण ४ रजत र ० कास्य पदक सहित छैँटौ भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पञ्चपुरी नगरपालिका वडा नं ९ का अध्यक्ष पुर्णप्रसाद घिमिरेले खेलकुदमा सहभागि सबैलाई धन्यावाद समेत दिनुभएको छ । कार्यक्रम बिद्यालयका प्रधानाध्यापक मोतिराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
