२९ माघ, सुर्खेत ।
विद्याभूमि एकेडेमी पञ्चपुरी ५ बाबियाचौरको आयोजनामा विद्यालयमा असल अभिभावकत्व सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयका विद्यार्थी अभिभावक लगायतको सहभागितामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थी अभिभावक बीच शैक्षिक गुणस्तर वृद्धि कसरी गर्ने बालबालिकालाई अभिभावकले पढाइमा कसरी सहयोग गर्ने लगायत आगामी दिनमा गर्ने कामहरूका बारेमा जानकारी दिएको छ ।

कार्यक्रमका सहभागीहरुले विद्यालयले गरेको कार्यक्रम एकदमै राम्रो भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सकेमा थप प्रभावकारी हुने बताएका छन् । कार्यक्रममा प्रशिक्षक क्षेत्र प्रसाद ज्ञावालीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल पदमराज रिमालले विद्यालय राम्रो बनाउन सबै अभिभावकको साथ सहयोग आवश्यक रहेको बताउनुभएको छ ।