पञ्चपुरी अस्पतालकाे अायाेजनामा अछाममा स्वास्थ्य शिबिर सम्पन्न,

सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा रहेकाे पञ्चपुरी अस्पताल काे अायाेजनामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । अछाम जिल्लाकाे मंगलसेन नगरपालिका १४ काे कालागाउमा शिबिर संचालन गरिएको हाे । स्वास्थ्य शिविरमा ४ सय भन्दा बढिकाे निशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै अाैषधि बितरण गरिएको छ । शिबिरमा ७० बर्ष माथिका १ सय ३८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा र फलफूल समेत बितरण गरेकाे अस्पताल का अध्यक्ष कमलकृष्ण पाैडेलले जानकारी दिनुभएको छ ।

त्यसैगरी अस्पताल ले अन्नपूर्ण माद्यामिक बिद्यालयका उत्कृष्ट १४ जनालाई स्टेसनरी, १ हजार थान मास्क र १ थान थर्माेगन हस्तान्तरण गरेकाे छ । त्यसैगरी ५ सय थान मास्क र १ थान थर्माेगन कालागाउ स्वास्थ्य चाैकिलाई उपलब्ध गराएकाे छ । अस्पतालले वडा कार्यालय, नगरपालिका, नगर स्वास्थ्य, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेवीकालाई कदर पत्र समेत बितरण गरेकाे छ ।

कार्यक्रममा नगरप्रमुख पदम बाेहराले सुर्खेत बाट पनि अाफ्नाे जन्मभुमि प्रति गरेको माया र गरेको सहयोग प्रति धन्यवाद समेत दिनुभएको छ । शिबिरमा मा वडा नं १४ का तेजबहादुर भण्डारी काे समेत सहभागीता रहेकाे थियोे । कालागाउ पञ्चपुरी अस्पताल प्रालि का संचालक शिद्दराज रेग्मीकाे जन्मभुमी पनि हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...