जातिय विभेद तथा बालबिवाह बिरुद्ध जनचेतनामूलक सडक नाटक आज बाबियाचौरमा प्रदर्शन गरिएको छ । पञ्चपुरी ५ मा रहेको बिद्याज्योती वालसमुहको आयोजना, पञ्चपुरी मानवअधिकार समूह, बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकको सहयोगमा सडक नाटक प्रदर्शन गरिएको हो ।
बाबियाचौर बजारमा प्रदर्शन गरिएको सडक नाटकमा करिव डेढ सय भन्दा बढि जनाको उपस्थिति रहेको थियोे । सडक नाटकमा जातिय विभेद, बालबिवाहका असर तथा कानुनि प्रावधानका बारेमा जानकारी दिईएको छ ।
सडक नाटक बाट पनि धेरै कुराको जानकारी हुने भएको हुदा यस्तो खालको कार्यक्रम सबै वडाहरुमा जानकारी दिन आवश्यक रहेको दर्शकहरुले प्रतिक्रिया तथा सुझाव दिएका छन ।