सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ६ ले आरन ब्यवसाय गर्दै आएका नागरिकलाई हाते आरन उपलव्ध गराएकाे छ । वडा का ४ जनालाइ गत बर्षकाे दलित लक्षित कार्यक्रम काे बजेटबाट हाते आरन पंखा उपलब्ध गराएको हाे ।
सामाग्रि बितरण गर्दै वडा अध्यक्ष खड्कबहादुर थापाले प्रत्येक बर्ष दलित समुदायको लागि विभिन्न कार्यक्रम गर्दै आएकाे बताउनुभयाे । यस अघि लाेपाेन्मुख बादि समुदायलाई बाख्रा बितरण, सिलाईकटाई तालिम, कम्प्युटर तालिम दिदै आएकाे जानकारी दिनुभयाे ।
सामाग्री बितरणमा वडा सदस्य सज्जन कार्की, रुक्मी देवकोटा, देवबहादुर सार्की, अनिता बि क लगाएतको सहभागीता रहेकाे थियो ।