२७ माघ, सुर्खेत ।
नेपाली कांग्रेस पञ्चपुरी नगर कार्यसमितिको आयोजनामा सहिद परिवारलाई सम्मान कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस पञ्चपुरी वडा नम्बर ९ को समन्वयमा विद्यापुरमा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति स्वर्गीय सुशील कोइरालाको आठौं स्मृति दिवस मनाइएको छ ।
नेपाली कांग्रेस पञ्चपुरीले तयार गरेको आफ्नो वार्षिक कार्ययोजना अनुसार विद्यापुरमा सो कार्यक्रम गरिएको हो । कार्यक्रमका सहभागी नेता कार्यकर्ताहरूले स्वर्गीय सुशील कोइराला आदर्शवादी नेता भएको र उनको योगदानलाई आत्मसाथ गर्दै समुदायमा कांग्रेस बलियो बनाउन सबैजना जुट्नुपर्ने बताएका छन् ।
कार्यक्रममा पञ्चपुरी ९ का स्वर्गिय खड्गबहादुर थापा प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै सहिद परिवारका कौशिला थापालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ । कार्यक्रम नेपाली कांग्रेस पञ्चपुरी नगर सभापति कृपाराम थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
